२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाउको नागरिकता साहुकहाँ, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’



अ+ अ-

जनकपुरधाम । ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको छ। सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन्। यसले गर्दा उनी सामाजिक सुरक्षा भत्तालगायत राज्यका सेवा–सुविधाबाट वञ्चित छिन्।

उनका छोरो मुनेश्वरले रामअशिष यादवकहाँ बुवाको नागरिकता बन्धकी राखेर २ हजार ऋण लिएका थिए। तर, उनले पैसा फिर्ता गर्न सकेनन्। नागरिकता फर्किएन। ‘साहु–महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका-२ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ। वरिपरि पक्की भवन ठडिएका छन्। मुसहर समुदायलाई भने वर्षौंदेखि रोग, भोक र शोकले सताएको छ। त्यसमध्ये पनि विपन्न छ सिरवती परिवार। सम्पत्तिका नाममा भएको नागरिकता पनि बन्धकीमा राख्नुपर्‍यो। नागरिकता नहुँदा सिवरतीजस्ता वृद्धा सरकारी सुविधाबाट वञ्चित छन्। ‘नागरिकतै नै है त वृद्धा पिल्सिन कतसँ भेटत’, मैथिलीमा उनले भनिन्। यसको अर्थ ‘नागरिकता नै छैन भने वृद्धा पेन्सन कहाँबाट भेट्छ रु ’ हो। गाउँघरमा ठेट भाषामा भत्तालाई ‘पिल्सिन’ भन्छन्।

मुनेश्वरले भारतको पञ्जाव गई पैसा कमाएर बुवाको नागरिकता साहुबाट फर्काउने वाचा आमासँग गरेका थिए। ‘छोरो ऋण लिएर पञ्जाव गयो, कमाउन सकेन, रित्तै फर्कियो’, उनले भनिन्, ‘महाजनको कर्जा चुक्ता भएन, नागरिकता फर्किएन।’

सिवरतीले दशकअघि श्रीमान् गुमाइन्। हमिनी पखाला लागेर बिरामी परेका थिए। उनको उपचारका लागि सिवरती गाउँभरि भौतारिइन् तर सहयोग पाइनन्। थला परेको एक महिनामा बिरामीको ज्यान गयो। श्रीमान्को अन्तिम संस्कारका लागि उनले दुई धुर जग्गामध्ये एक धुर २५ हजार रुपैयाँमा बेचिन्। ‘मर्दा पनि समाजले छाड्दैन’, उनले दुखेसो पोखिन्, ‘ श्रीमान् मर्दा घडेरी बेचेर जातभरिलाई भोज खुवाउनुपर्‍यो।’

सम्पत्तिका नाममा अब एक धुर घडेरी छ। चार पुस्तादेखि उनको परिवार यहीं बसोबास गर्दै आएको छ। तर, घडेरीको लालपुर्जा छैन। सिवरतीका साथमा जेठो छोरो अघनु, बुहारी सुभद्रा र दुई नातिनी कविता र अमृता बस्छन्। सिवरती दम्पतीका अघनु, मुनेश्वर र जुगेश्वर तीन छोरा थिए। कान्छोले आत्महत्या गरे। मुनेश्वर ऋण तिर्न नसक्दा १० वर्षदेखि घर फर्किएका छैनन्। अघनु २० वर्षअघि कमाउन पञ्जाव गएका थिए। उनी त्यतै मानसिक रूपमा विक्षिप्त भए। परिवारले खर्च अभावमा उनको उपचार गर्न सकेन। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।