२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. बाबुराम भट्टराई सजिए दौरा सुरुवालमा (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउदै डा. बाबुराम भट्टराइ सरकारले दौरा सुरुवाललाई राष्ट्रिय पोसाक बनाउने निर्णय खारेज गरेको चर्के आलोचना खेपिरहेका बेला उनै भट्टराइले बुधवार दौरा सुरुवाल लगाएर सामाजिक संजालमा फोटो हालेका छन् ।

भट्टराइले बुधवार सामाजिक संजालमा उक्त फोटो हाल्दै लेखेका छन्, “देश अनुसारको भेष जीवनमा पहिलो पटक दौरा–सुरूवाल लगाएर खासबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो” ! उनको उक्त फोटोमा ।श्रीमती हिसीला यमि,माता र पिता पनि देख्न सकिन्छ ।

भट्टराई सरकारमा हँुदा मुख्य घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको सहमति अनुसार उनको नेतृत्वको मन्त्रिपरिषद्को बैठकले दौरा सुरुवाललाई राष्ट्रिय पोसाक बनाउने निर्णय उल्टाएको थियो । बैठकमा तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ताले दौरा सुरुवाललाई राष्ट्रिय पोसाक बनाउने निर्णय खारेजको अडान लिएका थिए ।

स्राेतः बाबुराम भट्टराइकाे ट्वीटबाट