७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई अमेरिकाको बधाई



अ+ अ-

काठमाडौं । अमेरिकी सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । 

ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा अमेरिकाले बधाई दिएको हो ।

अमेरिकी राजदूतावासले ट्वीटरमार्फत ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने उल्लेख गरेको छ ।

अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु अर्थपूर्ण रुपमा हेरिएको छ । ओली चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनमा मंगलबार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।