२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन



अ+ अ-

काठमाडौं । सरकारले ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । त्यसमध्ये ६ हजार चार सय ७७ जना नायब सुब्बा र ४ हजार ६ सय ६ जना खरिदार रहेका छन ।

समायोजन भएका नायव सुब्बा मध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजस्व तर्फ ६ सय ७५ जना रहेका छन्। त्यसमध्ये सामान्य प्रशासनतर्फ ३ हजार ३ सय १० जनाले संघ, १ हजार एक सय ५९ जनाले प्रदेश र १ हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्।

त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका ४ हजार ६ सय ६ जना खरिदार मध्ये संघमा ३ हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्।

संघमा समायोजन भएका स्थानीय तथा प्रदेश तहमा कार्यरत कर्मचारीलाई तत्काल रमाना नदिइने भएको छ । संघमा समायोजन भए पनि तत्काल रमाना नदिइने मन्त्रालयले जनाएको छ । तर प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

अहिले समायोजन हु“दा धेरैजसो सेवा र समूहमा संघको दरबन्दी पदपूर्ति हुने छ ।प्रदेश तथा स्थानीय तहमा रिक्त हुने अवस्था आएपछि दैनिक सेवा प्रवाह प्रभावित नहोस् भन्नका लागि संघबाट प्रदेश तथा स्थानीयमा खटाउने कार्यलाई प्राथमिकता दिने नीति अपनाइएको हो । तर कर्मचारीहरु घुमाईफिराई संघमै समायोजन भएपछि सो नीति कार्यान्वयनमा थप समस्या देखिएको मन्त्रालयका अधिकारीहरु बताउ“छन् । प्रदेश र स्थानीयबाट संघमा आउन केही समय लाग्ने पनि मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो ।

सो निर्णय अनुसार प्रदेश र स्थानीय तहका काजका लागि खटाइएका कर्मचारी अब संघमा समायोजन हु“दा पनि ६ महिनासम्म फर्किन पाउने छैनन् । ती कर्मचारी संघमा समायोजन भए पनि प्रदेश र स्थानीय तहमा पदपूर्ति नभएसम्म वा अन्य तवरले जनशक्ति व्यवस्थापन नभएसम्म छ महिनाका लागि काजमा खटाएर काम गराउने भन्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । यस अघि ५७ सचिव, ६ सय ७६ सहसचिव, २ हजार ६ जना उपसचिव र १२ हजार अधिकृतको समायोजन भईसकेको छ । नेपाल समाचारपत्रमा खबर छ ।