२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक कानुन, सेनापतिले मात्र जानून् : ४ महिनासम्म बढुवा अवरुद्ध



अ+ अ-

काठमाडौं । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा खाली भएको रथी पद १५ दिनभित्र पूर्ति गर्नुपर्नेमा थापा चार महिनासम्म मौन बसे । वरीयताक्रममा रहेका उपरथीहरू अनुज बस्न्यात र शेखरसिंह बस्न्यात यो अवधिमै अवकाशमा गए । तेस्रो वरीयतामा रहेका देव सुवेदीको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै राजीनामा दिन चेतावनी दिए ।

सुवेदीले समेत एक महिनापछि लागू हुने गरी राजीनामा दिएर बिदामा गएपछि शरदकुमार गिरी स्वतः रथी बने । यही नै प्रधानसेनापतिको योजना थियो । चार महिनासम्म बढुवा सिफारिस नगरेर ऐन मिचियो । अर्कोतिर, देव सुवेदीको प्रमाणपत्र नै नक्कली हो भने उनले राजीनामा दिएर मात्रै किन उन्मुक्ति पाए ? उपरथीसम्म उनले पाएको सुविधा र भोगेको हैसियतको जिम्मेवारी कसले लिने ? प्रश्न अनुत्तरित छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ ।