२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनहुँजसो लुटिदै नेपालीहरु मलेसियामा



अ+ अ-

मलेसिया । मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराष्टिय विमानस्थलका लागि निस्किए ।

विमानस्थलको दुई तलामूनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ ।

प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले बाँधिएको लगेजसहित उनी ट्याक्सीबाट भरेलगत्तै दुई युवक त्यहाँ आइपुगे । उनीहरुले आफूहरु विमानस्थलको कर्मचारी रहेको परिचय दिदैँ यात्रुको सहयोगका लागि बसेको बताए । उनीहरुले कुन एयरलाइन्सबाट कता जान लागेको भनेर सोधेपछि थापाले नेपाल एयरलाइन्सबाट काठमाडौँ जान लागको भन्दै सीधा जवाफ दिए ।

आफूसँग पासपोर्ट मागेपछि उनको मनमा चिसो पस्यो । छलिएर लिफ्टतर्फ अघि बढ्दा ती युवकहरुले थापाको पिछा गरे ।

लिफ्टमा तीनजना मात्र भए । थापासँग पैसा माग्न थालियो । अन्ततः उनी यस्तो परिबन्धमा परे, ५० मलेसियन रिंगेट नदिई ती युवकहरुबाट छुटकारा पाउनै सकेनन् ।