२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानको आक्रोस : तरकारी नबिकेपछि ट्रयाक्टर लगाएर बारीमै नष्ट



अ+ अ-

धादिङ । उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् ।

बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको कुरा उल्टो खर्च थपेर बिक्री गुर्नपर्ने अवस्था आएको किसानको गुनासो छ ।

अर्को सिजनको खेती गर्ने बेला भइसक्दा पनि तरकारी बिक्री नभएकाले काटेर बारीमा जोतिदिएको उनीहरुले बताएका छन् । ‘हजारौँ रुपैयाँ खर्च र महिनौ पसिना बगाएर गरेको खेती बिक्री गर्दा लगानी नउठ्ने अवस्था आयो,’ स्थानीय जुनामाया विसरालले भनिन्, ‘बेच्नका लागि ढु्वानी भाडासमेत आफैँ हाल्नुपर्ने भयो । बेचेर लगानी नउठ्ने भएपछि बरु अर्को सिजनको खेती गर्दा मल होस् भनेर ट्रयाक्टर लगाएर जोतियो ।’ यो समाचार अन्नपूर्णपोष्टमा छ ।