२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू



अ+ अ-

काठमाडौं । सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ :

सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र समयमा खाने गरौँ, कतिपय औषधि उस्तै उस्तै त हो नि भनेर खाने चलन छ त्यसो नगरौँ, जसले स्वास्थ्यमा नकारात्मक असर गराउँछ ।

खोकी लाग्नु, टाउको दुख्नु आदि कैयौँ रोगका लक्षण हुने भएकाले रोग पत्ता लगाएर मात्र औषधि सेवन गर्ने गरौँ, अन्यथा स्वास्थ्यका लागि घातक हुन सक्छ । पेनकिलरको अनावश्यक प्रयोग गर्नु हुँदैन । यसका कारण रक्तश्राव, अल्सर, पेट सुन्निने जस्ता समस्या हुन सक्छ

निश्चित रोगका लागि लिएको औषधि घटी बढी भएमा नकारात्मक असर गर्न सक्छ । त्यसैले आवश्यक मात्रामा मात्र औषधि लिऔँ । नयाँ पत्रिकाबाट लिएको हो ।