२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका कर्मचारी भारतमा



अ+ अ-

काठमाडौँ । भारत सरकारले नेपालका कर्मचारीहरुलाई दिने तालिमलाई निरन्तरता दिएको छ । अर्थ मन्त्रालयका २० जना कर्मचारीको दोश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स’ मा सञ्चालन हुने ग्लोबल पर्सपेक्टिभ फाइनानसियल म्यानेजमेन्ट विषयक तालिम भारतमा लिइरहेका छन् ।

दोस्रो चरणमा सोमबारदेखि यो तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भइरहेको छ ।

जम्मा ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोधमा गरिएको हो । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋणरअनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषय कर्मचारीलाई दक्ष बनाउने विश्वास लिइएको छ ।

तालिममा आर्थिक प्रणाली सञ्चालनबारे विश्वव्यापी अभ्यासको ज्ञान पनि सहभागीहरुलाई दिइने छ । प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुले यही माघ १० गते १० दिन लामो तालिम लिइसकेका छन् ।

आइएनजीएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस संस्थाले नेपालसहित छिमेकी देशका कर्मचारीलाई पनि तालिम दिँदै आएको छ ।

आइएजीएफ संसारभरका विकासशील मित्र राष्ट्रका कर्मचारीललाई आईटेक कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्थाका रुपमा स्थापित छ । अन्न्पुर्ण पोष्टमा खबर छ ।