२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजल : जब बजारको खेलौनाहरुमा बच्चाको नजर गयो



अ+ अ-

जब बजारको खेलौनाहरुमा बच्चाको नजर गयो।
त्यस लगत्तै बाबा भित्रको बच्चा जस्तो रहर गयो।

************************************

जादा घर किन्ने पैसा लिएर फर्किन्छु भनेको थियो।
तर दुर्भाग्यबस शहर पसेको बर्षनै उस्को घर गयो।

**************************************

उमेर हुन्जेल हो प्रेम प्रस्तावहरु आउने भनेको त।
सम्झनुहोस उमेर गएको दिन प्रेमको अफर गयो।

*************************************

खाडिबाट बाकस भित्र छोरो लास बनेर फर्कियो।
त्यही दिनबाट बुढा बाउ आमाको आस भर गयो।

************************************

बिहे हुन पनि भाग्यमै लेखेको हुनुपर्ने रहेछ यार।
चौहत्तर साल गए जस्तै गरेर आज पचहत्तर गयो।

**************************************