२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीकै अगाडी राम जानकी मन्दिरमै ‘अश्लिल’ नृत्य प्रदर्शन भएपछि….



अ+ अ-

जनकपुरधाम । जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लिल गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भईरहेको छ ।

प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भएको खबर राजधानी दैनिकमा छापिएको छ ।

कार्यक्रममा उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय पनि सहभागी थिए । मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन अचेल जानकी मन्दिरको प्रांगणमै अर्धनग्न नृत्यमा रमाएको टिप्पणी गरे ।

आयोजकले सोचेका थिए होला भोजपुरीको ललिपप बोलको गीतले मधेसी र मधेशवाशीलाई खुशी पार्न सकिन्छ तर, प्रभाव उल्टो पर्यो ।

युवा अभियानी दीपक ठाकुरले यस्ता नृत्यले संस्कार विगारेको आरोप लगाएका छन् ।

समाजसेवी अमरचन्द्र अनिलले जानकी मन्दिर परिसरलाई धार्मिक बाहेकको कार्यक्रम गर्नमा प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले धार्मिक स्थलमा अश्लिलता देखाएर जनकपुरधामको छवि विगार्ने काम भएको बताए ।