२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी अर्को चलखेल ! भ्रष्टाचारीलाई बचाँउन सांसदको हारगुहार



अ+ अ-

काठमाडौं । नियमविपरीत निर्वाचित सांसद हरिनारायणप्रसाद साह रौनियारलाई निलम्बन गरिएको भन्दै संघीय समाजवादी फोरम नेपालको संसदीय दलले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुधबार निलम्बन फुकुवा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

फोरम प्रमुख सचेतक उमाशंकर अरगरिया, पार्टी महासचिव तथा सांसद रामसहाय प्रसाद यादबसहितको सांसदको टोलीले सभामुखको कार्यालयमा भेटेर सांसद रौनियारको गैरकानुनी निलम्बनको बारेमा जानकारी गराएका थिए ।

गत शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद रौनियारको निलम्बन गैरकानुनी भएकाले तत्काल संसदीय गतिविधि गर्नका लागि फुकुवा गरिदिनुपर्ने निर्णय गरेको थियो ।

सभामुखसँगको भेटपछि सांसद रामसहाय प्रसाद यादबले कानुनमन्त्री र अन्यसँग सल्लाह गरेर उपयुक्त निकास दिने आश्वासन पाएको जनाउनुभयो । रौनियार पर्साबाट निर्वाचित सांसद हुनुहुन्छ । सांसद रौनियारले सञ्चालन गर्दै आएको पप्पु कन्ट्रक्सनले धेरैवटा पुल तथा सडक अलपत्र पारेको आरोप लागेको छ ।

बर्दियाको जब्दीघाटस्थित बबई पुल निर्माणमा गुणस्तर/मापदण्ड कायम नगरी भ्रष्टाचार गरेको भन्ने विषयमा प्रतिनिधिसभाका सांसद् हरिनारायणप्रसाद साह रौनियारसमेतको विरुद्धमा २०७५ असोज १९ गते विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको हुँदा निलम्बन गरिएको जनाइएको छ ।

तर संघीय समाजबादी फोरम नेपालका महासचिव यादबले भने सूचनाका भरमा सांसद निलम्बन भए भन्नु गलत भएको बताउनुभयो । ‘अहिलेसम्म हाम्रो संसदीय दललाई जानकारी नै छैन न त सांसदलाई नै चिठी दिइएको छ’ यादबले भन्नुभयो ‘निलम्बन गरिने व्यवस्था न त संविधानमा छ न त नियमावलीमा नै कर्मचारीका लागि भएको व्यवस्था सांसदलाई लागू हुँदैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन भएको भन्दै संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराइले असोज २१ गते सूचना जारी गर्नुभएको थियो ।

सांसद रौनियारले नियम विपरीत आफूलाई निलम्बन गरिएको बताउनुभयो । ‘कुन नियमले मलाई निलम्बन गरिएको हो त्यो स्पष्ट भए कमसेकम चित्त बुझाउने ठाउँ हुन्थ्यो ’ रौनियारले भन्नुभयो ‘ यसरी आवेशमा आएर कसैलाई पनि निलम्बन गरिनु व्यवहारिक हुँदैन ।’

सूचना जारी गरेपछि सांसद रौनियार यो चालु तेस्रो अधिवेशनमा संसद बैठकमा र आफू सदस्य रहेको विकास तथा प्रविधि समितिमा उपस्थित हुनुभएको छैन । दोस्रो अधिवेशन असोज ११ गते राती १२ बजेबाट समाप्त भएको थियो भने यो अधिवेशन पुस ११ गतेबाट सुरु भएको हो ।




भर्खरै