२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायलयका ‘शेर चोलेन्द्र’, न्यायालयमा सुधार



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले असोचनिय हिसाबले काम थालेका छन् । उनले विवादमा मुछिएका, उन्मुक्ति पाएका गलत व्यक्ति र विभिन्न व्यापारिक घरानाका मुद्दालाई आफैं किनारा लगाउने काममा सक्रियता देखाएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

न्यायालयमा उनको नेतृत्वलाई प्रारम्भिक कालदेखि नै कुशलताको उपमा दिन थालिएको छ । एकथरीले त न्यायालयका शेर, चोलेन्द्र शमशेर समेत भन्न थालेका छन् ।

सोमबारमात्रै उनले भाटभटेनी सुपरमार्केट, अरुण चौधरीलगायतका ठूला व्यापारिक घरानाका कर छली सम्बन्धी मुद्दाका पेसी आफ्ना इजलासमा राखेर सुनुवाई थालेका छन् भने विशेष अदालतमा पनि भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व आइजीहरूका बिलको अनुसन्धान थाल्न निर्देशन दिएका थिए । त्यतिमात्र होइन, न्यायालय सुधारका निम्ति उनले प्रशासनिक कामलाई पनि कडाईका साथ लागु गरिरहेका छन् ।

प्रधानन्यायाधीशमा सिफारिस हुनसाथ प्रधानन्यायाधीश चोलेन्द्रबारे अनेक अड्कलबाजी भएका थिए । उनका पुराना फैसलाका जगमा कतिपयले मजाक पनि उडाए । तर जब कार्यभार सम्हालेर सर्वोच्च अदालतको कमान्डमा उभिए, उनले पछिल्ला दिनमा न्यायालय सुधारमा संकेत देखाएका छन् ।

खासगरी प्रधानन्यायाधीशमाथि बिराटनगर पुनरावेदन अदालतमा रहँदा गरेका फैसलालाई टेकेर खिसिट्युरी गरिएको थियो । त्यतिमात्र होइन, तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई लागेको महाअभियोगबारे गरेको फैसलाका विषयमा हालका सत्तारुढ माओवादी कित्ताले उनलाई निक्कै उडाएको थियो । तर नागरिक समाजले उनको उक्त फैसलाको स्वागत गरेको थियो, जतिबेला तत्कालिन कामु प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध सडकमा नागरिक उत्रिएका थिए ।

जिम्मेवारी सम्हालेपछि जिल्ला र उच्च अदालतका न्यायाधीशको सरुवा गरिदिए । उनीहरूलाई प्रष्टीकरण पनि सोध्ने आँट गरे । भए गरेका फैसला गलत भएको पनि टिप्पणी गर्न थाले ।
न्यायालय सुधारका लागि उनको गति तेज बनिरहेको छ । सुन तस्करीका अभियुक्तहरूलाई उन्मुत्ति दिलाउने बिराटनगर उच्च अदालतका न्यायधीशलाई पनि कारबाही गरे ।

सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उनीहरूले उल्ट्याएका थिए । न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेललाई तत्काल काठमाडौं झिकाइएको हो । ‘

सर्वोच्च अदालत स्रोतले बताएअनुसार पेसी व्यवस्थापनका सवालमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशको भूमिकामाथि समेत छानबिन भइरहेको छ । मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको एउटै मुद्दाका आरोपितहरूले जिल्ला अदालतको थुनछेक आदेश बदरका लागि दिएको निवेदनलाई विभिन्न इजलासमा छरेका थिए ।

संविधानविद् भिमार्जुन आचार्यले त ‘प्रधानन्यायाधीशका पछिल्ला कदमहरू सह्रानिय छन् । मुख्य व्यक्ति मात्र पनि इमानमा अड्न सके न्यायालयका धेरैजसो समस्याहरू सजिलै समाधान हुन् सक्छन् । न्यायालयको एकमात्र अस्त्र विधि हो । विधि अनुरुप गरिने प्रधानन्यायाधीशका हरेक कार्य स्तुति योग्य हुन्छन्’ भनी सामाजिक सञ्जालमा नै लेखिदिए ।

न्यायाधीश दिपकराज जोशीको इजलासले गरेको फैसला पनि त्रुटीपूर्ण भन्दै आफ्नै इजलासबाट रोक लगाएका उनले सीजि टेलिकमलाई दिइएको अनुमतिमा उनको फैसलाले ब्रेक लगाएको छ । यस्तै, विवादीत व्यापारी अजेयराज सुमार्गीको रकम लान पाउने फैसलामा पनि उनले धावा बोलेर गतिलो उदाहरण पस्किएका छन् ।

नयाँ प्रधानन्यायाधीशले फटाफट काम गरेका कारण गुम्दै गएको न्यायालयको विश्वास फर्किन थालेको टिप्पणी पनि भएको छ । उनले भ्रष्टाचारविरुद्ध सक्रियता देखाउने कसम पनि खाएका थिए । पत्रकारलाई केही दिन अघिमात्र संक्षिप्त प्रतिक्रिया दिएका उनले बिचौलियाको सातो जानेगरी काम गर्ने बताएका थिए । ‘अदालतका बिचौलियालाई कानुनसम्मत कारबाही गरिन्छ, मानाहानीको मुद्दा लगाइन्छ ।’




भर्खरै