२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामा दुईवटा चितुवा मृत फेला



अ+ अ-

काठमाडौं । दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडाको टिमुरदह गाउँ नजिकै ब्रमण्डी सामुदायिक वन क्षेत्रमा शनिबार पोथी चितुवा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी तीन वर्ष जतिको पोथी चितुवाको शरिरमा घाउ देखिएका छन् । पोष्टमार्टम गरेपछि मात्रै मृत्युको वास्तविक कारण पत्ता लाग्ने डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकायाले बताए ।

ब्रमण्डी सामुदायिक वन क्षेत्रको खोल्सीमा चितुवा मृत अवस्थामा भेटिएपछि सामुदायिक वनका अध्यक्ष झंकर साउँदले डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । यसअघि यहि माघ ३ गते शिखर नगरपालिका वडा नं. १० बनलेकको जंगलमा पोथी चितुवा मृत अवस्थामा फेला परेको थियो । समाचार राजधानी दैनिकमा छ ।