२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका २८ ठूला सडक असुरक्षित



अ+ अ-

काठमाडौं । पछिल्लो समय सडक असुरक्षित बन्दै गइरहेको छन्। सरकारको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभरका २८ वटा ठूला सडक असुरक्षित देखिएका छन्।
सडक विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा आठ वटा, २०७३/७४ मा पाँच २०७२/७३ मा छ वटा र २०७१/७२ मा नौ वटा ठूलो सडक असुरक्षित रहेको पाइएको छ। सडक दुर्घटनामा मात्रै वार्षिक दुई हजारको मृत्यु हुन थालेपछि सरकारले असुरक्षित सडकको पहिचान गर्न थालेको हो।
सरकारले पछिल्लो समयमा विभिन्न आठ वटा सडकलाई बढीस् दुर्घटना हुने सम्भावित सडकका रुपमा पहिचान गरेको छ। कुलक एक हजार ६७ किमी लम्बाई भएका यी आठ वटा सडकमा धनकुटा–हिले–खाँदबारी–कोसी हाइ वे, पासाङ ल्हामु हाइ वे, हेटौँडा–दामन (त्रिभुवन) हाइवे र खैरेनी–भिमान–डुम्रे सडक रहेको समाचार राजधानी दैनिकमा छ।
त्यसैगरी वीरेन्द्रनगर–दैलेख–ढुंगेश्वर, साँफेबगर–चौखुट्टे–मंगलसेन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दाहा–कमाद–ढल्केबर–नारायणघाट बढी दुर्घटना हुने सडक रहेको सडक विभागले जनाएको छ।