२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाेलिमर नाेट प्रकरणः
पूर्व गभर्नर डा. रावल धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । पूर्वगभर्नर डा. तिलक रावलसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयानपछि विशेष अदालतले रु १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले सोमबार रावलले १० लाख रुपैयाँ नगद नै बुझाएर बाहिरिएको बताए ।

रावलसहित अन्य आरोपी फरार रहेको उल्लेख गरेपछि विशेष अदालतले उनीहरुलाई १५ दिनभित्र हाजिर हुन म्याद पठाएकोमा रावल म्यादभित्रै विशेषमा हाजिर भएका हुन् ।

उनि माथि पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दा लागेको छ।