२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराछोरी सामुदायिक विद्यालयमा पढाउने अभिभावकलाई फलफूलका बिरुवा दिइने



अ+ अ-

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।

जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पु¥याउन फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङताङले जानकारी दिए ।

उहाँका अनुुसार विद्यालयमा अध्ययनरत ३०५ विद्यार्थीका लागि प्रतिविद्यार्थीका अभिभावकलाई दुईवटा बिरुवा उपलब्ध गराइएको छ । उनीहरूलाई किबी, हलुवाबेद, अङ्गुर र आलुपखडाका विरुवा वितरण गरिएको हो ।

जिल्लामा भौगोलिक रुपमा विकट, उच्चस्थानमा कृषि उब्जनी प्रर्याप्त नहुँदा गरिवीमा रहेका अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेकाले उनीहरुको आर्थिकस्थिति मजबुत बनाउन बिरुवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिए ।

“घ्याङ्फेदीको सिङ्गो १ नं वडामा रहेको एक मात्र उक्त विद्यालययले यो वर्षदेखि कक्षा ९ सम्म अध्यापन शुरु गरेको छ । यसअघि यहाँका विद्यार्थीले कक्षा आठभन्दा माथि अध्ययन गर्न गाउँबाट टाढा जान नसेकाले धेरैले पढाइ छाड्दै आएका थिए । गाउँपाललिकाले गाउँमा नै माथिल्लो तहसम्मको अध्ययनका लागि आफ्ना बालबालिका विद्यालय पठाउने अभिभावकलाई जीविकोपार्जनमा सहयोग पु¥याउने नीति अवलम्बन गरेपछि भर्ना भएका विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । उक्त गाउँपालिकाले आधार डेभलमेन्ट नेपाल नामक संस्थासँगको सहकार्यमा सो कार्यक्रम अघि सारेको हो । ।