२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सहज जित, हडर्सफिल्ड र फुलहृयाम पराजित



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनलाई पराजित गरेको छ ।

आइतबार राति सिटीले हडर्सफिल्डलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा डानिलो, रहिम स्ट्रलिङ र लोरी सानेले गोल गरे ।

सिटीका डानिलोले गोल गर्दै खेलको १८औं मिनेटमा १–० को अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दा हडर्सफिल्डले भने कुनै गोल गर्न सकेन ।

५४ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । सिटीले दोब्बर अग्रता बनाएको दुई मिनेट पनि नवित्दै अर्को गोल थप्न सफल भयो । खेलको ५६ औं मिनेटमा उनको गोलमा सिटीले हडर्सफिल्डमाथि ३–० गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि सिटीले हडर्सफिल्डमाथि सहज जित निकालेको हो ।

जितपछि लिगको दोस्रो स्थानमा रहेको सिटीको २३ खेलबाट ५६ अंक भएको छ । लिग लिडर लिभरपुलभन्दा अझै सिटी चार अंकले पछि छ । पराजित हडर्सफिल्डको भने ११ अंक मात्रै छ ।

टोटनहृयामको फुलहृयाममाथि संघर्षपूर्ण जित

आईतबार नै भएको अर्को खेलमा टोटनहृयामले फुलहृयाममाथि संघर्षपूर्ण जित निकालेको छ ।

टोटनहृयामले फुलहृयामलाई २–१ गोलअन्तरले पराजित गर्ने क्रममा डेली अली र विंक्सले गोल गरेका थिए । टोटनहृयामका लाउरेन्टले आत्मघाति गोल गरेपछि फुलहृयामले उपाहार स्वरुप एक गोल पाएको थियो ।

पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको फुलहृयामले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन । खेलको १७औं मिनेटमा नै टोटनहृयामका लाउरेन्टले आत्माघाति गोल गरेपछि फुलहृयामले अग्रता लिएको थियो ।

खेलको ५१औं मिनेटमा अलीले गोल गरेपछि टोटनहृयामले १–१ गोलको बराबरी बनाएको थियो । खेलको अतिरिक्त समयमा विंक्सले गोल गर्दै टोटेनहृयामलाई २–१ गोलको जित दिलाए ।

लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामले जितपछि २३ खेलबाट ४९ अंक बनाएको छ । यता फुलहृयामको भने १५ अंक मात्रै रहेको छ ।