२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मूर्ति चोर्ने फरार अभियुक्त पक्राउ



अ+ अ-

डोल्पा । डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिनुभयो ।

विभिन्न तथ्यका आधारमा थापाको पनि संलग्नता रहेको पुष्टि भएर जिल्ला अदालत डोल्पाले २०७५ साल असार १ गते गरेको फैसलाअनुसार रु एक लाख जरिवाना तीन वर्ष कैदको सजाय सुनाइए पछि उनी फरार रहेका थिए ।

उनी दुई वर्ष अगाडि डोल्पो बुद्ध गाउँपालिका धोमा पर्ने गाकर गुम्बा र मेखिम गुम्बाबाट हराएको तीन थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सयौँ वर्ष पुरानो मूर्तिमा संलग्नता भएको आरोपमा पक्राउ परेका हुन् ।

धावालाई आइतबारनै जिल्ला अदालतमा पेश गरी जेल चलान गरी अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई दुई वर्षअघिनै प्रहरीले पक्राउ गरेको थियो ।

मूर्ति चोरी भएको केही दिनभित्रै पक्राउ परेका सोनाम ढाक्पा र धावाले अदालतको फैसलाअनुसार कैद भुक्तान गरिसकेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

उनीहरुबाट प्रयोग भएको तीन नाल पेस्तोल, २३ राउण्डगोली, तीन थान खोका र चोरी भएको दुई थान मूर्तिसहित बरामद गरिएको थियो ।
उपल्लो डोल्पालीको आस्थाको धरोहरको रुपमा रहेका विभिन्न बौद्ध गुम्बामा चोरी गरेको आरोपमा एक महीनायता मात्रै छ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।