२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ हालत – देशमा उच्च सुशासनयुक्त एउटै कार्यालय भेटिएन



अ+ अ-



काठमाडौं। अधिकांश सरकारी कार्यालयको सुशासनको अवस्था अत्यधिक कमजोर पाइएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको ४ हजार ५ सय सरकारी कार्यालयको लेखापरीक्षणमा एउटै कार्यालय पनि उच्च सुशासनयुक्त नदेखिएपछि महालेखा परीक्षक कार्यालय नै आश्चर्यमा परेको छ ।
महालेखाको यस्तो प्रतिवेदनले सरकारको भ्रष्टाचारको शून्य सहनशीलताको नोशरालाई समेत व्यंग्य गरेको छ । महालेखा परीक्षक कार्यालयले देशभरका सरकारी कार्यालयको गत आर्थिक वर्ष २०७४÷७५ को लेखा परीक्षण गरिरहेको छ । ६ हजार कार्यालयको लेखा परीक्षण गर्ने कार्ययोजना बनाएको महालेखा परीक्षक कार्यालयले हालसम्म ४ हजार ५ सय सरकारी कार्यालयको लेखा परीक्षण सम्पन्न गरेको छ ।

४ हजार ५ सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा उच्च सुशासनयुक्त कार्यालय एउटै पनि फेला पर्न नसकेको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए । ‘केहीको अवस्था सन्तोषजनक भए पनि उच्च सुशासनयुक्त भने कुनै पनि पाइएन,’ महालेखा परीक्षक शर्माले राजधानीसँग भने ।
महालेखा परीक्षक कार्यालयले गत १५ साउनमा प्रधानमन्त्रीकै उपस्थितिमा मुख्य सचिव, सबै मन्त्रालयका सचिव, सर्वोच्चका मुख्य रजिस्ट्रारको समेत सहभागितामा सबै कारोबारको लेखा परीक्षण गर्ने निर्णय गर्दै देशभरका सरकारी कार्यालयको लेखा परीक्षण थालेको थियो । तर, लेखा परीक्षण गर्दा प्रायः सबै कार्यालयको बेरुजु आएको र धेरै कार्यालयको अनियमित खर्च देखिएको लेखापरीक्षणमा सहभागी अधिकारीले जनाएका छन् ।
महालेखाले पहिलो र दोस्रो चरणमा पहाडी, हिमाली र सुदूरपश्चिमका गरी ५७ जिल्लाका सरकारी कार्यालयको लेखा परीक्षण सम्पन्न गरिसकेको जनाएको छ । अब मन्त्रालय, विभाग तथा ठूला आयोजनाको लेखा परीक्षण गर्ने तयारी महालेखाले गरेको छ ।

महालेखाका अनुसार लेखापरीक्षणमा ४५ वटा टोली परिचालन गरिएको छ । अन्य सार्वजनिक संस्थाको अवस्था पनि बेहाल रहेको महालेखा परीक्षक कार्यालयले जनाएको छ । सार्वजनिक संस्थान तथा ठूला आयोजनामा विशेषज्ञ लेखापरीक्षकको आवश्यकता रहेको महालेखा परीक्षक शर्माले बताए ।
राजधानी दैनिकमा समाचार छ ।