२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीबाट श्रम स्वीकृति शुरू



अ+ अ-

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी सेवा शुरु गरेको छ । सामाजिक विकासमन्त्री दल रावलले आज वैदेशिक रोजगारीमा जान लागेका पहिलो सेवाग्राहीलाई पुनः श्रम स्वीकृति प्रदान गर्नुभएको हो । 

मन्त्री रावलले साउदी अरब जाने तयारीमा रहनुभएका सुर्खेतका ललित घर्तीलाई पुनः स्वीकृतिका लागि स्टिकर टाँसिएको राहदानी प्रदान गर्नुभयो । वैदेशिक रोजगारीका सिलसिलामा घर्ती १७ वर्षदेखि साउदी अरबमा हुनुहुन्छ । बिदामा आउनुभएका उहाँले घर नजीकबाटै पुनः श्रम स्वीकृति पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । 

प्रदेशस्तरबाटै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई प्रवाह गर्ने उद्देश्यले सरकारले पुनः स्वीकृति सेवा प्रदान गर्ने थालेको हो । श्रम कार्यालय सुर्खेतका प्रमुख श्यामकृष्ण आचार्यले पुनः श्रम स्वीकृति प्रदान गर्नाका साथै वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम प्रदायक संस्थाको अनुगमन तथा नियमन गर्ने काम पनि शुरु भएको जानकारी दिनुभयो । 

सामाजिक विकासमन्त्री रावलले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गरिनु सङ्घीयताको उपलब्धि भएको बताउनुभयो । “अहिलेसम्म श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै सास्ती भोग्नुपरेको थियो,” उहाँले भन्नुभयो, “श्रम स्वीकृतिकै लागि कर्णालीवासीले काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य भयो ।” सेवाग्राहीले अब काठमाडौँको श्रम कार्यालयमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ ।