२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजारभन्दा बढी डलर सटही गर्न ‘प्यान’ अनिवार्य



अ+ अ-

काठमाडाैंः नेपाल राष्ट्र बैंकले पाँच हजार भन्दा बढी अमेरिकी डलर सटही सुबिधा लिन प्यान नम्बर अनिवार्य बनाएकाे छ ।  विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ संशोधन सहितको दफा १२ ले दिएको अधिकार प्रयोग गरि आफ्नो एकीकृत परिपत्र २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । 

निर्देशनमा भनिएको छ, शिक्षा, आप्रवासन र स्वास्थ्य प्रयोजनका लागि ५ हजार अमेरिकी डलरभन्दा बढी रकम सटही गर्दा अनिवार्य रुपमा प्यान लिनुपर्ने छ । तर, यस्तो प्यान सम्बन्धित व्यक्तिको नभई उसको एकाघर परिवारका सदस्यमध्ये आमा वा बुबामध्ये कोही एक जनाको भएपनि हुनेछ ।

राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा लिँदा सटही सुविधा माग गर्ने वा निजको एकाघर परिवारका सदस्यहरुमध्ये आमा वा बुवा कुनै एक जनाको प्यान पेस गरेमा मात्र परिवत्र्य विदेशी मुद्रा सटही दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको छ ।

यस्तै राष्ट्र बैंकले ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेन्ट, होटललगायतका संस्थाहरुले विदेशबाट ‘रिप्याट्रियसन’ लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र अनिवार्य रुपमा ल्याइसक्नु पर्ने र सो विवरण त्रैमासक सकिएको १५ दिनभित्र राष्ट्र बैंकमा अनिवार्य पेश गर्न पनि निर्देशिकामा भनिएको छ ।