२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा रियल मड्रिडद्धारा सेभिया पराजित, कासिमिरो र मोड्रिचले गरे गोल



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा रियल मड्रिडले सेभियालाई २– ० गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा कासिमिरो र लुका मोड्रिचले गोल गरे ।

पहिलो हाफमा भने रियल मड्रिडले सेभियासँग गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा रियल मड्रिडले दुई गोल गर्न सफल भयो । रियल मड्रिडका लागि ७८ औ मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मोड्रिचले गोल गर्दै रियल मड्रिडलाई २–० गोलको जित दिलाए ।

शनिबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले हुइस्कालाई ३–० गोलअन्तरले पराजित गर्दा भ्यालेन्सियाले सेल्टा भिगोलाई २–१ गोलअन्तरले पराजित गरेका छन् ।

जितपछि रियल मड्रिडले २० खेलबाट ३६ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको सेभियाको भने ३३ अंक रहेको छ ।