२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसंचार सेवा प्रदायको ३ अर्ब बक्यौता, युटिएलले हालसम्म कुनै पनि सेवा दस्तुर तिरेन



अ+ अ-

काठमाडौँ । नेपालमा सञ्चालन भएका दूर संचार सेवा प्रदायक संस्थाहरुले २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकि रहेको छ ।


हालसम्म दर्ता भएका १ सय ५३ वटा दूर संचार सेवा प्रदायक संस्थाबाट ठुलो रकम उठाउन बाकी रहेको खुलेको हो । हालसम्म नेपाल टेलिकम र युटियल जस्ता ठुला कम्पनीले पनि रकम बक्यौता राखेको खुलेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा दूरसंचार सेवा प्रदायक संस्थाहरुले पुस मसान्त भित्र २ अर्ब ९६ करोड भन्दाबढि बक्यौता रकम बुझाउन बाँकि रहेको जानकारी गराएका थिए ।

ति संस्थाहरुले फ्रिक्वेन्सी दस्तुर, रोयल्टी रकम, नविकरण दस्तुर, ग्रामिण दूर संचार कोषलगायत गरेर सरकारलाई बुझाउनुपर्ने रकम बुझाउन बाँकि रहेको छ ।

त्यसमध्ये सबैभन्दा बढि स्मार्ट टेलिकम प्रालिले १ अरव ४० करोड ७६ लाख ५८ हजारभन्दा बढि बक्यौता रकम बुझाउन बाँकि छ । त्यसैगरी युनाईटेड टेलिकम लिमिटेडले सरकारलाई ७९ करोड ४२ लाख ९५ हजारभन्दा बढि बक्यौंता रकम बुझाउन बाँकि छ ।

मन्त्री बास्कोटाले युटिएलले हालसम्म कुनै पनि सेवा वापतको दस्तुर रकम सरकारलाई नबुझाएको पनि समितिलाई जानकारी गराए।