२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले चन्द्रमामा उमारेको कपासको बिरूवा मर्यो



अ+ अ-

काठमाडौ । चीनले पहिलो पटक चन्द्रमामा उमारेको बिरूवा मरेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार गत जनवरी ३ मा चन्द्रमाको छेउमा अवतरण भएको अन्तरिक्ष यान चांगअ-४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको थियो। तर बिहीबार नै उक्त बिरूवा मरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


गत मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले नियन्त्रित वातावरणभित्र एउटा शिशाको भाँडाभित्र बिरूवा टुसाएको तस्बिर सार्वजनिक गरेको थियो।चिनियाँ अन्तरिक्ष यानले कपास र आलुको बीउसहित माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लिएर गएको थियो।


यो परीक्षणका प्रमुख प्राध्यापक लिउ हाङलोङले अन्तरिक्षमा लामो समय बाँच्न सम्भव छ कि छैन भन्ने थाहा पाउन बिउलाई चन्द्रमामा लगेर उमारेको बताएका थिए।


‘हामीले भविष्यमा अन्तरिक्षमा बाँच्न सकिन्छ कि सकिन्न भनेर यो प्रयोग गरेका हौं। कम गुरूत्वाकर्षणमा यो बिरूवा टुसाएको छ यसको हुर्काइले हामीलाई भविष्यका लागि स्पेश बेस बनाउने बाटो खोल्नेछ,’ प्राध्यापक लिउले भने।


उनले बिरूवा टुसाएको भाँडो सानो भए पनि यसभित्र २५ डिग्री सेल्सियस तापक्रम कायम राख्ने प्रणाली जोडिएको बताए। टुसाएको बिरुवाले भाँडाभित्र एक सूक्ष्म जैविक मण्डल सिर्जना गर्ने र त्यस्तो कृत्रिम वातावरणमा आफैं हुर्कने अनुमान थियो। तर उपयुक्त वातावरण नभएपछि बिरूवा मरेको छ।


त्यो बिरूवा चन्द्रमाको सतहमा परेको सूर्यको प्रकाशका भरमा बाँचिरहेको थियो। रात परेपछि जब तापक्रम माइनस १७० डिग्री सेल्सियसभन्दा कम भयो, तब बिरूवा बाँच्न सकेन। यो परीक्षण डिजाइन नेतृत्व गरेका चोङकिङ विश्वविद्यालयका प्राध्यापक जी जेङजिनका अनुसार बिरूवा मर्न सक्ने आकलन पहिल्यै थियो।


कपासको बिउसँगै पठाइएका झिँगाको अण्डा के भयो भन्नेबारे उनीहरूले कुनै जानकारी दिएका छैनन्।