२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क-कसलाई बाँडियो त्रिविको १२ सय रोपनी सरकारी जग्गा



अ+ अ-

काठमाडौं । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग तीन हजार सात सय तीन रोपनी नौ आना दुई पैसा चार दाम जग्गा थियो। मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार पाँचसय रोपनी मात्र बाँकी छ, कान्तिपुर दैनिक समाचार छ ।
पद जोगाउने ध्याउन्नमा उनीहरूले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन्। झण्डै एक हजार दुई सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने नौ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ।
करिब दुई सय रोपनीमा सार्वजनिक बाटो बनेको छ। ‘विश्वविद्यालयको जग्गा चारैतिरबाट लुटिरहेका छन्’ एक कर्मचारीले भने, ‘कसले बचाइदेला भनेर गुहारिरहेका छौँ।’ जग्गा बाँडेको त्रिवि स्वयंले स्वीकारेको छ।
पछिल्लो सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालीन उपकुलपति हिराबहादुर महर्जन छन्। गणतन्त्र स्मारक, नेपाल नेत्रज्योति संघ र लायन्स क्लबलाई जग्गा दिएको स्वीकार गरे। उपकुलपति तीर्थराज खनियाँले भने विश्वविद्यालयको जग्गा भोगचलन गर्न दिने निर्णय आफूभन्दा पहिलेकाले गरेको बताए।