२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले एक हप्ताभित्र छायाँ सरकार बनाउने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक साता भित्रै छायाँ सरकार गठन गर्ने भएको छ । सरकारले गरेको कामको निगरानी गर्न भन्दै कांग्रेसले सरकारमा बसिसकेका नेताहरुलाई लिएर छायाँ सरकार बनाउन लागेको स्रोतले जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार कांग्रेसले एक साता भित्रै छायाँ सरकार बनाउने लागेको हो । खाँडले भने ‘एक साता भित्रै छायाँ सरकार गठन हुन्छ, अब सरकारका प्रत्येक कामको निगरानी छायाँ सरकारबाटै हुन्छ,’।

सांसद गगन थापाले तीन मन्त्रालय एक मन्त्री हुनेगरी छायाँ सरकार बनाइने र पहिले अनुभव लिइसकेका मन्त्रीहरु सम्वन्धित मन्त्रालय मातहत रहने जानकारी दिएका छन् । यस्तै ती मन्त्रीहरु मध्येबाट नै छायाँ सरकारको संयोजक बनाइने समेत जनाए ।

कांग्रेसले मंगलबार नै सुचना निकालेर छायाँ सरकारमा रहने मन्त्रीहरुको लागि नाम माग्ने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार तीन दिनको समय दिएर छायाँ सरकारमा रहने सांसदहरुको नाम माग्ने र प्राप्त नामहरुबाट मन्त्री तोकेर छायाँ सरकारको जिम्मेवारी दिइने छ ।