२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न प्रधानमन्त्री ओलीको निर्देशन



अ+ अ-



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरु धरापमा परेको भन्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिक पीडित हुन नदिने उल्लेख गरेका हुन् ।

मंगलबार प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शिताउको आवश्यक्ता रहेको बताए ।

बैठकमा प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय विघा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी थिइन् ।