२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामाथि न्युजिल्यान्डका टायलर र निकोलसको शतक



अ+ अ-

काठमाडौं । श्रीलंकासँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा न्युजिल्यान्डले क्वीन स्वीप गरेको छ ।

अन्तिम तथा तेस्रो खेलमा श्रीलंकालाई ११५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज जितेको हो । ३६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१.४ ओभरमा सबै विकेटको क्षतिमा २४९ रन समेटिएको थियो ।

श्रीलंकाकालागि थिसरा परेराले ८० रन बनाए । त्यस्तै, निरोशान डिक्वेल्लाले ४६ र कुशल परेराले ४३ रन बनाएका थिए ।
न्युजिल्यान्डका लागि लोकिइ फेगुसनले चार विकेट लिए । त्यस्तै, इश सोधीले तीन विकेट लिए ।

नेल्सनमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । न्युजिल्यान्डको विशाल स्कोरमा दुई जना खेलाडीले शतक प्रहार गरे ।

रोस टायलरले १३७ रन बनाउँदा हेनरी निकोलसले अविजित १२४ रन बनाए ।

टायलरले १३१ बलमा ९ चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै, निकोलसले ८० बलमा १२ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान केन विलियम्सनले ५५ रन बनाएका थिए ।

बलिङतर्फ लासिथ मालिंगाले तीन विकेट लिए ।