२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको जनसंख्या यस कारण घट्ने छ



अ+ अ-

आगामी दशकमा चीनमा ‘रोक्न नसकिने गरी’ जनसंख्यामा ह्रास आउने एक रिपोर्टले प्रक्षेपण गरेको छ ।

राज्यद्वारा प्रायोजित चिनियाँ थिङ्कट्याङ्कहरुको समूहले तयार गरेको उक्त रिपोर्टमा चीनमा धेरै कामदारहरुले उमेर ढल्कँदै गएको समाजलाई समर्थन गर्न नसक्ने स्थिति पैदा हुँदै गएकाले अबको दशकमा यो समस्या देखिने बताइएको छ ।

चीनले दशक लामो विवादास्पद ‘एक बच्चाको नीति’ औपचारिक रुपमा अन्त्य गरेको तीन वर्षपछि यो रिपोर्ट सार्वजनिक गरिएको हो ।

‘नकारात्मक जनसंख्या बृद्धिको युग शुरु हुन लागेको छ,’ सन् २०२९ मा देशको जनसंख्या सबैभन्दा उच्च १.४४ अर्ब पुग्ने उल्लेख गर्दै रिपोर्टमा चेतावनी दिइएको छ ।

द चाइनिज एकाडेमी अफ सोसल साइन्सले प्रकाशित गरेको रिपोर्टमा सन् २०६५ सम्ममा प्रजन्न दरमा आउने गिरावटले चीनको जनसंख्या सन् १९९० ताकाको १.१७२ अर्ब को हाराहारीमा पुग्ने उल्लेख गरिएको छ ।
विश्व बैंकको तथ्यांक अनुसार सन् २०१७ मा चीनको जनसंख्या १.३८६ अर्ब थियो ।

रिपोर्टका अनुसार देशको क्रियाशील आयु भएको जनसंख्या बृद्धि रोकिएको छ तर क्रियाशील जनसंख्याको तुलनामा निश्क्रिय जनसंख्याको दर बढ्दो छ । यसले डिपेन्डेन्सी रेसियो बढेको छ ।

विज्ञहरुले चीन क्रियाशील जनसंख्यामा कमी आएसँगै घरेलु उत्पादन खपतमा पनि कमी आउने बताएका छन् । यसले चीनलाई ‘विकासको इन्जिन’ मान्ने विश्व अर्थतन्त्र पनि प्रभावित हुने उनीहरुको दाबी छ ।

चीन सन् २०१५ मा एक बच्चा नीति अन्त्य गरेको थियो । अहिले चिनियाँ जोडीले दुई वटासम्म सन्तान जन्माउन पाउँछन् । यसका बावजुद चीनको जन्मदरमा ठूलो बृद्धि देखिएको छैन ।

विश्वकै धेरै जनसंख्या भएको चीनमा जनसंख्या बृद्धिमा कमी आउने प्रक्षेपणका बावजुद संयुक्त राष्ट्रसंघले भने विश्वको कुल जनसंख्यामा बृद्धि जारी रहेको बताएको छ ।

सन् २०१७ मा विश्वको जनसंख्या ७.६ अर्ब रहेको बताइएको थियो । सन् २०३० सम्म यो संख्या बढेर ८.६ अर्ब पुग्ने अनुमान गरिएको छ ।

यता, सन् २०२४ सम्ममा जनसंख्याको मामिलामा भारतले चीनलाई उछिन्ने पनि बताइएको छ ।