२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाठ महिना बित्दा पनि हुन सकेन नेकपाको एकता, प्रतिवेदन कार्यान्वयनमै आएन



अ+ अ-

काठमाडौं । मधुसुदन रायमाझी, तत्कालीन नेकपा (एमाले) र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको आठ महिना पुगेको छ । सांगठानिक एकता प्रक्रिया भने अझै टुंगो लाग्न सकेको छैन ।

शीर्ष नेतृत्व तहमा भएको विवाद नै एकता प्रक्रिया टुंगो लगाउन बाधक देखिएको छ । सांगठानिक एकता प्रक्रिया टुंगो लगाउनकालागि बन्ने गरेका कार्यदलले दिएको रिपोर्ट कार्यान्वयनमा आउन सकेको छैन् । आधा महिनासम्म चलेको पार्टी स्थायी समितिको बैठकले पनि पार्टी संचालनको कुनै ठोस निर्णय लिन सकेन ।

एकता प्रक्रिया टुंगो लगाउन अपेक्षा गरिएपछि नौ सदस्यीय कार्यदल बनाएर स्थायी समितिको बैठक सकिएको थियो । नौ सदस्यीय कार्यदलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएअनुसार काम अगाडि बढाएको छ । तर मापदण्ड र कार्यविधिबारे कार्यदलका सदस्यहरुबीच नै मतभेद देखिएको छ । पुसभित्र नै सांगठानिक एकता प्रक्रियाको टुंगो लगाउने दावी गरिए पनि कार्यदलको प्रतिवेदन तयार हुन नै अझै समय लाग्ने भएको छ ।

एकता प्रक्रिया अगाडि बढन नसक्नुको मुख्य कारण शीर्ष नेतृत्वबीच देखिएको विवाद नै हो । अध्यक्षयद्ध ओली र प्रचण्डले प्रदेश कमिटीका पदाधिकारी एकलौटी रुपमा चयन गरेको भन्दै वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालयको बैठकमा असहमति जनाएपछि विवादको सुरुवात भएको थियो ।

नेपाल पक्षले प्रदेश कमिटीमा मुख्यमन्त्रीलाई इन्चार्जको पनि जिम्मेवारी दिएको भन्दै निर्णय फिर्ता लिन माग गरेका थिए । तर अध्यक्ष ओलीले निर्णय फिर्ता नलिने अडान राखेपछि सचिवालय बैठकले उक्त निर्णयलाई निरन्तरता दिने टुंगोमा पुगेको थियो ।

प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा पनि अध्यक्षद्धय ओली र प्रचण्डले पेलेर अगाडि बढेको नेपाल पक्षको आरोप छ । प्रदेश कमिटीको पदाधिकारी चयनको विषयलाई लिएर सुरु भएको विवादको कारण लामो समय सचिवालयको बैठक समेत प्रभावित भएको थियो ।

नेपाल पक्षले उक्त निर्णय सच्याउनुपर्ने माग गर्दै छुट्टै भेला समेत राखेको थियो । सचिवालयले टुंगो लगाएको प्रदेश कमिटीलाई स्थायी समिति बैठकमार्फत अनुमोदन गराउनुपर्ने माग नेपाल पक्षको थियो । तर महासचिव विष्णु पौडेलले बैठक अगाडि नै नामावली सार्वजनिक भएपछि नेकपामा नयाँ विवाद सृजना भएको थियो ।

नेकपाको शीर्ष तहमा नेताहरुबीच एकताको प्रक्रिया र मापदण्डबारे गृहकार्य भएपछि सहमति जुटन सकेको छैन् । नेपाल पक्ष एकीकरणको प्रक्रियामा सबैको भावनाको प्रतिनिधित्व हुने गरी अगाडि बढनुपर्ने अडानमा छ । अध्यक्षद्धयले नेपालको आग्रहअनुसार अगाडि बढने प्रतिबद्धता जनाए पनि निर्णायक तहसम्म आउँदा उक्त प्रतिवद्धता लागू नभएकाले असन्तुष्टि चुलिएको छ ।

एकतापछि ४४१ जनाको केन्द्रीय कमिटी बनेको छ भने प्रदेशको पदाधिकारी प्रदेश कमिटीले पूर्णता पाएको छ । यतिका अवधिसम्म केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुनसकेको छैन् । यद्यपि नौ सदस्यीय कार्यदलका सदस्य वेदुराम भुसाल एकतालाई पूर्णतामा पु¥याउने काम भइरहेको दावी गर्नुहुन्छ । तर एकताको टुंगो लाग्ने दिन उहाँलाई पनि थाहा छैन ।

प्रदेश कमिटीले जिल्ला कमिटी र मातहतका संगठनको एकता प्रक्रिया अगाडि बढाउन गृहकार्य गरेपछि केन्द्रमा नीति निर्माण हुन नसक्दा थप अन्यौलता सृजना भएको छ । यसअघि नै महासचिव पौडेल संयोजक रहेको कार्यदलले अधिकाश जनसंगठनहरुको एकतामा निर्माण हुने कमिटीमा रहने सदस्यहरुको नामावलीे सचिवालयको बैठकमा बुझाएको थियो ।

कार्यदलले प्रतिवेदन बुझाए पनि अध्यक्षद्धयलाई चित्त नबुझेपछि पुनः कार्यदल गठन गर्ने परिपाटी नै बसेको छ, नेकपाका एक सचिवालय सदस्यले भने,‘नेताहरुबीच छलफल र वार्ता भइरहेको छ, तल कार्यकर्तामा निराशा र अन्यौलता छाएको छ ।’ नेपाल समाचार पत्रमा समाचार छ ।