२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ



अ+ अ-

ढाका । बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो ।

उहाँ लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लाग्नुभएको हो । आज मन्त्रीहरुको पनि नियुक्ति हुने र ४७ जनाको मन्त्रिपरिषद बन्ने जनाइएको छ । ती मन्त्रीहरुमा ३१ जना भने नयाँ अनुहारका मन्त्रीहरु हुने पनि प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले आजै अपराह्न प्रधानमन्त्री शेख हसिनालाई सपथ दिलाउनुहुने जनाइएको छ ।

राष्ट्रपति अब्दुल हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गर्नुभएको छ ।

प्रधानमन्त्रीका रूपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनमा अवामी लिग र यस आवद्ध पार्टीहरु सहित २८८ सिटमा विजय हुन सफल भएका थिए ।

हाल बङ्गलादेशको संसदमा २९९ सिट रहेको छ । हसिनाको यो चौथो प्रधानमन्त्रीको कार्यकाल हो । यसअघि ७१ वर्षीया हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्रीमा रहनु भएको र त्यसअघि उहाँ सन् १९९६ देखि २००१ सम्म पनि बङ्गलादेशको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

बङ्गलादेशको नयाँ संसद्को अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।