२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससलाई विराटनगर महानगरले सहयोग गर्ने



अ+ अ-

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई रासस प्रदेश नं १ को कार्यालय विराटनगरको आइतबार निरीक्षणपछि जानकारी दिँदै रासस प्रमुख मोहम्मद सदरुल । तस्वीर: मनोज दाहाल/रासस

विराटनगर: विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उक्त कार्यालय आज निरीक्षण गर्दै उहाँले जनतालाई सूसुचित गर्ने रासस समयानुकूल बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यालयको मर्मत र रंङरोगनमा सहयोग गर्ने आश्वासन दिँदै महानगर प्रमुख पराजुलीले रासस जनताकै सेवामा समर्पित रहेकाले यो संस्था सबल हुन सके जनतामा अझ सूचनाको हकको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।

उहाँलाई कार्यालय प्रमुख मोहम्मद सदरुल र उपसमाचारदाता मनोज दाहालले कार्यालयको वस्तुस्थितिबारे अवगत गराउनुभएको थियो ।