२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी चक्रपथ बाहिर वितरण गरिने



अ+ अ-

काठमाडौं । मेलम्चीको पानी चक्रपथबाहिर पनि विस्तार गरिने भएको छ । त्यसका लागि पाइप बिछ्याउन लागिएको छ । सुरुमा चक्रपथभित्रको बस्तीमा पानी वितरण सम्पन्न भएपछि मात्र बाहिर वितरण गरिने मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको थियो । तर, चक्रपथबाहिर पनि घना बस्ती विस्तार भएको र खानेपानीको माग थेगिनसक्नु भएकाले पहिलो चरणमै चक्रपथबाहिर पनि विस्तार गरिन लागिएको निर्देशनालयको प्रवक्ता दिवाकर ढकालले बताए ।

चक्रपथबाहिर पानी वितरणका लागि पाइप बिछ्याउन टेन्डर सम्पन्न भइसकेको र छिट्टै काम सुरु हुने उनले बताए । ‘घना बस्ती भएका कपन, जोरपाटीलगायतका क्षेत्रमा ११५ किलोमिटर पाइप बिछ्याउन टेन्डर सम्पन्न भइसकेको छ, विस्तारै पानीको निकै समस्या भएका ठाउ“मा विस्तार गर्छौं,’ उनले भने । ढकालका अनुसार चक्रपथभित्रका विशालनगर, ताहाचललगायतका क्षेत्रमा पाइप बिछ्याउने काम अझै बाँकी छ । चक्रपथभित्र बिछ्याउनुपर्ने एक हजार किलोमिटर पाइपमध्ये ७५० मिटर मात्र बिछ्याइएको उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।