२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरममा हाम्रो कम्युनिष्ट पार्टी समाहित



अ+ अ-


काठमाडौँ – सङ्घीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ । यहाँ आज आयोजित कार्यक्रममा उक्त पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

समाहित कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताउनुभयो ।

उहाँले पार्टी मजबुद भए मात्र मुलुकको विकास हुने भएकाले विचार मिल्ने पार्टीसँग एकता गरिएको बताउनुभयो । कार्यक्रममा फोरमका सहअध्यक्ष श्रेष्ठले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्नका लागि पार्टी एकताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले समाजवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता गर्दै लैजाने भन्दै नयाँ ढङ्गको पार्टी बनाउनका लागि सिद्धान्त, सङ्गठन र कार्यशैली मिल्ने पार्टीसँग एकता गरिएको बताउनुभयो ।

कार्यक्रममा हाम्रो कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष हीरालाल गजुरेलले फोरमसँग विचार मिल्ने भएकाले एकता गरिएको बताउनुभयो । यसअघि उक्त पार्टीमा प्रकाश अधिकारीको नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्सवादी) एकीकरण भएको थियो ।

(रासस)