२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङ्गेले पनि आइतबार सपथ लिने



अ+ अ-


काठमाडौँ । प्रदेश सभामा मनाङ जिल्लाबाट निर्वाचित भएका दीपक मनाङ्गेले आइतबार प्रदेश सांसद पदको सपथ लिने भएका छन् । मनाङ्गेको सपथको लागि आइतबार गण्डकी प्रदेशको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको समाचारमा जनाइएको छ । उनी प्रदेश सांसदमा निर्वाचित भएका थिए । तर ज्यान मार्ने उद्योगमा उनलाई प्रहरी मुद्दा हालेको थियो । सोही कारण उनले सपथ लिन पाएका छैनन् ।
मनाङ्गेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । तर उनलाई सर्वाेच्चले रिहा गर्ने आदेश दिएको थियो । त्यसैले उनी गतहप्ता मात्र सार्वजनिक भएका हुन् ।
टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीले सांसद पदको सपथ लिएपछि मनाङ्गेलाई पनि सपथको बाटो खुलेको अनुमान गरिएको थियो । सोही कारण मनाङ्गे आइतबार सपथका लागि पोखरा जाने भएका छन् । उनी अहिले काठमाडौँमै छन् । सपथका लागि भोलि उनी पोखरा जान लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।