२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना



अ+ अ-

भक्तपुर : काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–३ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले रु १० मा किनेर एक किलोमिटर पर गठ्ठाघरमा रु ३० मा बिक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता श्यामसुन्दर बस्नेतले बताउनुभयो ।

मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जान सक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० सटर र १५० स्टल गरेर २८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण गर्नुभएको छ ।

आगामी माघे सङ्क्रान्तिलाई लक्षित गरेर यही पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री शुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी सञ्चालन गरिनेछ भने पसल राख्न ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेको छ ।

“कृषकलाई बजार खोज्न नपर्ने र उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य छ”, बस्नेतले भन्नुभयो, “म राजनीतिक मात्रै होइन, सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मेहनत र दुःखको मूल्य नतिर्ने र बिना लगानी ३०० प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यले मैले बजार सञ्चालनमा ल्याएको ह्ुँ ।”

“कालीमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी सङ्कलन गर्ने गरी व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन गर्न चारवटै नगरपालिकाको प्रत्येक वडामा एक तरकारी सङ्कलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा सङ्कलन केन्द्र खोलिने बताउनुभयो ।

बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने उहाँको भनाइ छ ।

बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई मुख्यद्वारमा र बजारभित्र २४सैँ घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ भने बजारभित्र १८ सिसी क्यामरा जडान गरिएको छ ।

विसं २०५२ देखि विद्यार्थी राजनीति शुरु गरेर तत्कालीन एमाले भक्तपुरको प्रचार विभाग प्रमुख हँुदै हाल नेकपाको जिल्ला कमिटी सदस्यको रूपमा राजनीतिमा उहाँ विगत १८ वर्षदेखि कृषि पेशामा समेत संलग्न रहँदै आउनुभएको छ ।

तरकारी बजार र सङ्कलन केन्द्रबाट प्रत्यक्षरुपमा १०० जनाभन्दा बढीलाई युवा विद्यार्थीलाई रोजगारी प्राप्त हुने तथा प्रत्येक पसलमा गरी करीब ८०० ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने सञ्चालक बस्नेतले बताउनुभयो ।