२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माछी बस्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)



अ+ अ-


काठमाडौं । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछी बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।

मिडिया टप नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन् ।

सार्वजनिक गीतको लय, शब्द रचना माधव भण्डारीको रहेको छ । गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ ।

राजेश तिमिल्सीनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । रामजि खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ । भिडियोका दृश्यहरु करन चौसिरले क्यामरामा कैद गरेका छन ।

कार्यक्रममा बोल्दै गायक तिवारीले आफुले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताएका थिए । करिव १० बर्ष पहिले ‘आए दिदि’ बोलको तीज भाकाबाट चर्चीत बनेका गायक तिवारीले दर्जनौं गीतहरुमा आवाज दिईसकेको बताएका छन् ।

कार्यक्रममा गीतका रचनाकार माधव भण्डारीले अहिलेको परिवेश सुहाउँदो भाका रहेका कारण पनि यो गीत सबैको मनमा बस्न सफल हुने बिश्वास गरे ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीकी अध्यक्ष तथा गीतकी गायिका राधा तिवारी, हिमालयन ईन्टरनेश्नलका अध्यक्ष सविन घिसिङ, नेपाली राष्ट्रिय बाजा सारङ्गीका वरिष्ठ सर्जक खड्क गन्धर्व लगायतले गीतको शुभमना तथा आफ्नाकुराहरु राखेका थिए ।

म्युजिक भिडियाेः

https://youtu.be/uqosRb7sr-I