२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा विप्लव आतंक,चन्दा असुलेको अभियोगमा तीन कार्यकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानका व्यापारीहरुबाट चन्दा असुल गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न सबै नेकपा माओवादी (विप्लव समुह) का मजदुर नेता रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले व्यापारीलाई भौतिक कारवाहीको धम्की दिने कार्यमा संलग्न दैलेख स्थायी घर भएका केशवबहादुर बुढा, लोकेन्द्रराज थापा र गोरखा सुलिकोटका विकास थापालाई नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ काठमाडौंको थापाथलीबाट पक्राउ परेका लोकेन्द्र विप्लव निकट ट्रेड युनियन महासंघको केन्द्रिय सदस्य र हाईड्रो तथा खानीको मजदुर संघठनका केन्द्रिय अध्यक्ष हुन् ।