२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिनीमा डुङ्गा दुर्घटनामा दुईको मृत्यु, तीस बेपत्ता



अ+ अ-

कोनाक्री । गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।

सो डुङ्गामा अन्य उद्देश्यले यात्रा गरिरहेका यात्रुहरु भने नरहेको जनाइएको छ । यात्रुमध्ये केहीले मादक पदार्थ सेवन गरेको पनि समाचारमा जनाइएको छ ।

दुर्घटनापछि नौ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने ३० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ वर्षको पूर्व सन्ध्यामा कोनाक्रीनजिकै रहेका द्वीपमा जाने समूहका लागि गैरकानूनी रुपमा डुङ्गाहरु बन्दोबस्त गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ । कतिपय पर्यटक र राजधानीवासी यस प्रकारका अवैध डुङ्गामा यात्रा गर्ने गरेका छन् ।