२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न परिवारलाई उन्नत जातका कुखुरा वितरण



अ+ अ-

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाअन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० जना विपन्न परिवार र एकल महिलालाई बुधबार उन्नत जातका कुखुराका चल्ला वितरण गरेको छ ।

नगरपालिकाको पशु विकास शाखाले नगरपालिकाभित्रका चार वटा वडाका ४० परिवारलाई प्रतिपरिवार २० का दरले कुखुरा वितरण गरेको हो । शाखाले १, ७, ८ र ९ वडाका विपन्न र एकल महिलालाई कुखुराका चल्ला वितरण गरिएको बताइएको छ ।

नगरपालिकाभित्र रहेका एकल महिला र विपन्न परिवारको दैनिक आयआर्जनमा वृद्धि गर्न ब्ल्याक अष्टोलोप र न्युहेम्पसायर जातका कुखुराका चल्ला वितरण गरिएको शाखा प्रमुख शङ्कर सिंहले जानकरी दिनुभयो । उहाँले उन्नत जातका कुखुरा व्यवसायबाट प्रत्येक परिवारको जीवन सहज हुने भएकाले कुखुरा वितरण गरेको बताउनुभयो ।

कुखुरा व्यवसायबाट एकल महिला र विपन्न परिवारले कस्तो प्रगति गर्छन् त्यसकै आधारमा अर्को वर्ष पनि व्यवसाय हेरेर थप कुखुरा वितरण गर्ने शाखा प्रमुख सिंहको भनाइ छ ।

कुखुरा वितरण गरिएपछि नगरपालिकाभित्रका प्रत्येक वडाका दलित परिवार र विपन्न समुदायका एकल महिला बढी लाभान्वित भएका छन् । कुखुरापालन व्यवसायले आफ्नो परिवारको दैनिक आयआर्जनमा सहयोग हुने भएपछि एकल महिला र विपन्न परिवार खुशी भएका छन् । रासस