२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे



अ+ अ-


भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् ।

सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार ४९७ थिए भने सन् २०१८ मा ११ हजार १७५ छन् । तेस्रो मुलुक बाहिरिने कूल पर्यटक सङ्ख्या सन् २०१७ मा १० हजार ३६६ थियो भने सन् २०१८ मा १० हजार ५०५ छ । सन् २०१७ मा सात हजार ५२८ विदेशी र तीन हजार ९६९ नेपाली नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यालयका अनुसार सन् २०१८ मा छ हजार ४१८ विदेशी र चार हजार ६५७ नेपाली भित्रिएका छन् । सन् २०१७ मा छ हजार ७४८ विदेशी र तीन हजार ६१८ नेपाली पर्यटक नाका हुँदै बाहिरिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, सन् २०१८ मा छ हजार ४४५ विदेशी र चार हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ । सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बङ्गलादेशबाट दुई हजार २५, भूटानबाट एक हजार ६१६, अमेरिकाबाट ८२२, दक्षिण कोरियाबाट ४२० र फ्रान्सबाट २१२ पर्यटक भित्रिएको कार्यालय प्रमुख पवनकुमार गुप्ताले जानकारी दिनुभयो ।

त्यस्तै, सन् २०१८ मा सबैभन्दा बढी बङ्गलादेशबाट एक हजार ९३२, अमेरिकाबाट ८५६, भूटानबाट ७६९, कोरियाबाट ३६० र थाइल्याण्डबाट ३०८ पर्यटक नेपाल आएका थिए । उहाँले अघिल्लो वर्षभन्दा गत वर्ष नेपाल घुम्न आउने बङ्गलादेशी नागरिकको सङ्ख्यामा ९३ ले कमी आएको र भूटानी नागरिक पनि यस वर्ष ८४७ ले घटेको बताउनुभयो । रासस