२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पुस अन्तिम साता



अ+ अ-

काठमाडौँ । पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते यही पुस अन्तिम साता हुने भएको छ ।

नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल सितोरियो कराते सङ्घको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २० औँ वार्षिकोत्सवका अवसरमा पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही २६ गतेदेखि शुरु हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका करीब दुई हजार खेलाडीको सहभागिता रहनेछ । पुरुषतर्फको जुनियर तथा क्याडेट इभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुषकै सिनियरतर्फ ४५, ५०, ५५, ६०, ६७ ७५, ८४ केजी तौल समूह र एकल काता गरी १५ इभेन्टस् हुनेछ । त्यस्तै महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५, ४० तथा महिलाकै सिनियरतर्फ ४५, ५०, ५५, ६१, ६७ ६८ किलो तौल समूहमा र एकल काता गरी १५ इभेन्टस् गरी कूल ३० स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक प्रमुख प्रशिक्षक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी दिनुभयो । प्रतियोगिता दुई दिन चल्नेछ ।