२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले  संसदमा सम्बोधन गर्दै, वाइडबडीबारे के गर्लान् ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्ने भएका छन् । उनले बिहीबार मध्यान्ह १२ बजे संसदमार्फत देशवासीलाई सम्बोधन गर्ने भएका हुन् । हुनत यो सम्बोधन प्रधानमन्त्रीले चालू अधिवेशनलाई गर्ने नियमित सम्बोधन हो, तर पनि हिजोमात्र वाइडबडी विमान खरिदबारेमा हिजोमात्र संसदीय उपसिमितिले बहालवाला मन्त्री र सचिवलाई नै कारबाहीका लागि सिफारिश गरेकोले तिनीहरुलाई प्रधानमन्त्रीले के गर्लान् भन्ने कौतूहतता सर्वत्र छाएको छ ।

त्यसैले पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा के गर्लान् भन्ने बारेमा जिज्ञासा हुनु स्वाभाविकै हो । आजका सबैजसो अखबारहरुले प्रधानमन्त्रीले बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई वर्खास्त गर्छन् कि गर्दैनन् भन्ने जिज्ञासा व्यापक मात्रामा राखेका छन् । त्यसैले पनि उनले आज गर्ने सम्बोधनको व्यापक पर्खाइ रहेको छ । उक्त छानबिन उपसमितिको प्रतिवेदन र सिफारिशमा प्रधानमन्त्रीको प्रतिक्रिया के हुन्छ भन्ने बारेमा सो सम्बोधनमा आउने अपेक्षा गरिएको छ ।
संसदीय समिति सर्वेसर्वा होइन– प्रधानमन्त्री

यद्यपि प्रधानमन्त्रीले संसदको उक्त उपसमिति सर्वेसर्वा नभएको प्रतिक्रिलया यसअघि नै दिएका छन् । उनले भनेका छन्– समितिको प्रतिवेदन नै सर्वेसर्वा होइन, तर सरकारले आवश्यक छानबीन गरी कारबाही गर्छ ।

यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।