२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीले के गर्लान् : मुछिएका मन्त्री चोखाउलान् कि कारबाही गर्लान ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले भनेझै निष्पक्ष छानबिन भए नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि छानबिनको दायरामा आउने देखिएको छ । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै रहेन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौं–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन(वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबिन हुन्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सल्लाहकारले भने, ‘लहरो तान्दा पहरो गर्जिए गर्जियोस्, सरकार त्यसरी छानबिन गरेर जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई कडा कारबाही गर्ने पक्षमा उहाँ हुनुहुन्छ ।’

संसद्मा सरकारको धारणा राख्दै

प्रधानमन्त्री ओलीले वाइडबडी अनियमितता प्रकरणमा केन्द्रित रहेर बिहीबार संघीय संसद्को बैठकलाई सम्बोधनको तयारी गरेका छन् । ‘बिहीबार प्रधानमन्त्रीज्यूले यस विषयमा सरकारको धारणा राख्नुहुन्छ,’ प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘सम्पूर्ण रूपमा छानबिन गरेर दोषीमाथि कारबाही होस् भन्ने पक्षमा सरकार छ ।’

बुधबार सरकारीनिवास बालुवाटारमै बसेर प्रधानमन्त्रीले सम्बोधनको गृहकार्य गर्नुका साथै सुझाबसमेत संकलन गरेका छन् । वाइडबडी अनियमितता प्रकरणमा अहिलेसम्म उठेका सबै प्रश्नको जवाफ दिने प्रधानमन्त्रीको तयारी छ ।

विवादमा मुछिएका मन्त्री रविन्द्र अधिकारीले राजीनामा दिन्छन् कि प्रधानमन्त्रीले बर्खास्त गर्छन् भन्ने जिज्ञासा सर्वत्र छाएको छ ।

पार्टीले भ्रष्टाचारविरुद्ध कदम चाल्छ : श्रेष्ठ

पार्टीले लेखा समितिअन्तर्गतको उपसमितिका तर्फबाट प्रतिवेदन आइसकेपछि कुनै औपचारिक छलफल गरिसकेको छैन । अब लेखा समितिले बैठक बसेर कुनै निर्देशन पनि दिन्छ होला । के निर्णय गर्छ, त्यो पनि हेर्न बाँकी नै छ ।

तैपनि पार्टीको तर्फबाट भन्न सकिने कुरा के हो भने संसद् वा कहीँकतैबाट भ्रष्टाचार पुष्टि हुन्छ भने पार्टी र सरकारले गम्भीरतापूर्वक लिनेछ । भ्रष्टाचारविरुद्ध जे कदम चाल्नुपर्ने हो, त्यो चाल्ने छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।