२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रधानन्यायाधीश राणाले खोसे जोशीको पेसी



अ+ अ-

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मुलुकको २१ औँ प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए । तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन् ।

गत साउनमा संसदीय विशेष सुनुवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीश राणाले गत आइतबार सुनुवाइ समितिमा आफू प्रधानन्यायाधीश भएमा संसद्को गरिमा राख्ने प्रतिबद्धता जनाएका थिए।

राणाले आफूले कठोर निर्णय लिएर पेसी नतोकेको स्पष्ट पार्दै अदालतलाई निकास दिन जोशीसँग आग्रह गरेका छन्। राणाले भने, ‘मेरा सहपाठी मित्रले वरिष्ठ न्यायाधीशका रूपमा अदालतलाई बन्धक बनाउनुहुन्न। उहाँले अदालतलाई निकास दिनुपर्छ। अबदेखि उहाँको नाममा पेसी तोकिनेछैन।’