२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षे किशोरीले जन्माइन् २ किलो ९ सय ग्रामकी छोरी



अ+ अ-

हेटौंडा । १२ वर्ष उमेरकी किशोरीले छोरी जन्माएकी छन् । काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा उनले बुधवार दिउँसो करिब सवा ३ बजे छोरी जन्माएकी हुन् ।

कम उमेर भएकाले शारीरिक अंगहरुको विकास नभएको भन्दै उनलाई शल्यक्रिया गरी शिशु जन्माइएको हो । ‘शल्यक्रिया सफल भयो, भाञ्जी जन्मेकी छिन् भन्ने जानकारी आयो,’ मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङका दाइ एकराजले भने ।

२ किलो ९ सय ग्रामको शिशु र आमाको स्वास्थ्य अबस्था सामान्य रहेको एकराजले जानकारी दिनुभयो । १२ वर्षमा गर्भवती भएको समाचार नेपाल समाचारपत्रले प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् उनलाई काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह लगेको थियो । एक महिना अघिदेखि गंगा र उनकी आमा काठमाडौं रहँदै आएका थिए । राक्सिराङ–३, पलाँसेस्थित सूर्योदय माविमा कक्षा–४ मा पढ्दै गर्दा मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका रञ्जितसँग उनको प्रेम बसेको थियो ।

२०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका रञ्जितसँग उनको भागी बिहे भएको थियो । मामाघर जाँदा चिनजान भएका केटासँग ‘मन मिलेपछि’ तत्काल बिहे गर्ने सोच बनाए ।