२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको कारण अड्कियो चिकित्सा शिक्षा विधेयक



अ+ अ-

काठमाडौं ।  डा.गोविन्द केसीसँग भएको सहमतिबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कारण संसदको कारणले विधेयक रोकिएको छ । आज बसेको बैठकमा सत्तारुढ दल नेकपाका नेताहरु बिच आपसी सहमति हुन नसक्दा शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेको हो ।

बैठकमा सभापतिले प्रतिवेदन पास भयो भन्नसाथ विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले केहीबुँदामाथि असहमति जनाएका थिउ । उनले प्रतिवेदन डा. केसी बिरुद्द आएको भन्दै फरक मत राख्ने जनाएका थिए । साथै पास फेल भन्नुपूर्व उपसमिति वा समितिमध्ये कहाँ मतदान गर्ने भनेपछि केहीवेर प्रक्रियाको खोजी भयो ।

त्यही बीचमा सांसदहरुले फरक मत राखेर जाँदा समस्या झन बल्झिने भन्दै ध्यानाकर्षण गराएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सहमतिअनुसार नै विधेयक आओस् भन्दै बाहिरीएका थिए ।

उपसमितिका सदस्यहरुबीच फेरि अनौपरिक छलफल सुरु भएको छ र समिति सभापति जयपुरी घर्तीले डा. केसीलाई भोलिको बैठकसम्म पर्खन आग्रह गरेकी छन् ।

शिक्षा तथा स्वास्थ्य समिति र मातहतको उपसमिति लामो समयदेखि चिकित्सा शिक्षा विधेयकको छलफलमा छ तर, डा. केसीसँग भएको सहमतिबारे सत्तारुढ नेकपाभित्रको फरक धारणाले त्यसलाई टुंगोमा पुग्नबाट रोकिराखेको छ । ‘कांग्रेसले डा.केसीसँग भएको सहमतिअनुसार हुनुपर्छ भनेको छ, सकियो’, समितिका एक सदस्य भन्छन्, ‘तर, नेकपाका नेता पिच्छे फरक धारणा छ । भएको पास नभएको स्रोतले जनाएको छ ।