२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीलाई विदेश भ्रमणमा कडाइ, समिति भन्छ : आफ्नै देश घुमौ



अ+ अ-

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै समितिले आफ्नो अनुमति बिना विदेश भ्रमण जान नपाउने बेबस्था गरेको हो ।

अनुमति नै नलिई आफूखुसी विदेशमा भ्रमणमा जाने कर्मचारीको संख्या बढेको भन्दै समितिले यस्तो निर्देशन जारी गरेको हो । बीमा कम्पनीहरुले स्कीम नै बाँडेर विदेश भ्रमण गराउने गरेको पाइएपछि निर्देशन दिन बाध्य भएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।

विदेश भ्रमण गर्दा मुलुकलाई नै फाइदा नगर्ने र त्यसको बदलामा स्वदेशमै घुमे पर्यटकीय क्षेत्रको थप विकास पुग्ने भएकाले नेपाल प्रतिको मोह बढाउन उक्त नियम ल्याईएको समितिले जनाएको छ । जसले गर्दा पर्यटकी क्षेत्रको प्रवद्र्धन र मुलुकको अर्थतन्त्रलाई समेत सकरात्मक प्रभाव पार्ने भएकाले यो नियम बनाईएको जनाएको छ ।

त्यस्तै समितिले कर्मचारीहरुका लागि चाहिने सवारीसाधन खरिद प्रकृयामा पनि अनिर्वाय अनुमति लिनुपर्ने बताएको छ ।