२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजोएलिना मदागास्करको राष्ट्रपतिमा पुनः निर्वाचित



अ+ अ-

एन्टानानारिभो । मदागास्करका पूर्व राष्ट्रपति आन्ड्री राजोएलिना पुनः राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

गत हप्ता सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धी मार्क राभालोमानानालाई करिब १० प्रतिशतको मत अन्तरले पछि पार्दै रजोएलिना पुनः नेतृत्वमा आउनुभएको बिहीबार मदागास्करको निर्वाचन आयोगले घोषणा गरेको हो ।
रजोएलिनाले निर्वाचनमा ५५.६६ प्रतिशत मत ल्याउनुभएको आयोगले जनाएको छ । उहाँका प्रतिस्पर्धी राभालोमानानाले ४४.३४ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त हेरी राकोटामानानाले मत परिणामलाई घोषणा गर्दै भन्नुभयो, “दुवै पक्षबाट उठाएका निर्वाचनसम्बन्धी अनियमितताबारे छानविन भै सम्बोधन गर्ने प्रयास गरिएको र कतिपय स्थानका मतलाई पुनः मतगणना गरिएको छ ।”

दुई चरणमा भएको निर्वाचनमा एक अर्का उम्मेदवारलाई निर्वाचनमा धाँधली गरेको आरोप लगाइएपछि निर्वाचन आयोगले उम्मेदवारका गुनासाको अध्ययनपछि मत परिणाम घोषणा भएको राकोटामानानाले बताउनुभयो ।
राष्ट्रपतिमा निर्वाचित रजोएलिना र राभालोमानाना लामो समयदेखिका प्रतिस्पर्धी दुई पूर्व राष्ट्रपति हुन् ।